२०८१ असोज ३, बिहिवार , ०४:५६:३७ बजे

Sajhamanch
'

माघ ९ मा नेपाली जनता दलको ‘नो भोट’ नीति

बिहिवार, माघ ९, २०७६

झापा । आज भइरहेको राष्ट्रियसभा चुनावमा नेपाली जनता दलले आफ्ना मतदातालाई ‘नो भोट’ को ह्वीप जारी गरेको छ ।

प्रदेश २ मा नेकपा र राजपा अनि नेपाली कांग्रेस र समाजवादी पार्टीवीच गरिएको चुनावी गठबन्धनलाई अनेमेल विवाहको संज्ञा दिँदै सो पार्टीले कसैलाई मतदान नगर्न हृविप जारी गरेको हो ।

आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र चुनावी गठबन्धन पनि अनमेल विवाहजस्तो रहेकाले आफ्ना दुईजना मतदाता रहेको सो पार्टीले नो भोटको नीति लिएको राष्ट्रिय अध्यक्ष हरिनारायण साहालगायतले हस्ताक्षर गरी जारी गरेको ह्वीपमा उल्लेख छ ।

प्रदेश २ मा नेपाली जनता दलले २ स्थानीय तहमा प्रमुख जितेको थियो । पर्साको पोखरिया नागरपालिकाका नगरप्रमुख दिपनारायण प्रसाद रौनियार र कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद नेपाली जनता दलबाट निर्वाचित जनप्रतिनिधिहरु हुन् ।

सम्बन्धित खबर