२०८१ कार्तिक २५, आइतवार , ०२:३१:३७ बजे

Sajhamanch
'

डाँगीबारीमा भइरहेको महायज्ञमा दाताको लर्को, ५० लाख संकलन

बुधवार, माघ ८, २०७६

बाह्रदशी । ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ डाँगीबारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।

गत माघ २ गतेबाट सञ्चालन भएको महायज्ञमा नगद र जिन्सी गरी पचास लाख रुपैयाँ सहयोग जुटेको पुराण आयोजक मूल समितिका अध्यक्ष देवेन्द्र चम्लगाईले बताएका हुन् ।

आचार्य छन्दुराम भण्डारीको प्रमुख कथावाचन रहेको महायज्ञबाट सङ्कलन गरिएको सहयोग रकमले दुर्गाको मन्दिर निर्माण गर्ने र डाँगीबारीमा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका प्रचार प्रसार संयोजक देवराज कार्कीले बताए ।

महायज्ञमा ठूलो राशि दान दिनेमा बाह्रदशी ७ निवासी लोकनाथ–डिकुरादेवी चम्लगाईले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेका जनाइएको छ । यस्तै, बिर्तामोड २ निवासी बलराम–गंगादेवी डाँगीले दुई लाख २२ हजार २२२ रुपैयाँ प्रदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पार्टीका नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ पोद्दारको आतिथ्यमा महायज्ञमा सहयोग गर्ने सबै दाताहरुलाई आज बुधवार सम्मान गरिएको छ ।

सम्बन्धित खबर