२०८१ असोज ३, बिहिवार , ०८:३९:४० बजे

Sajhamanch
'

अग्नि सापकोटा निर्विरोध सभामुख

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपा सांसद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी सभामुख बन्ने पक्का भएको हो ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलबाट उम्मेदवारी दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि आज दिउँसो ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो।

सम्बन्धित खबर