
काठमाडौं । एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट इतिहासमै पहिलो दोहोरो शतक बनाएका छन् ।
वीरगञ्जमा आज भएको मधेश प्रदेशसँगको खेलमा आसिफले यो उपलब्धि हासिल गरेका हुन् । उनी १४२ बलमा १७ छक्का र १५ चौकाको मद्दतमा २०८ बनाएपछि ‘रिटायर्ड हर्ट’ भए । आसिफले प्रधानमन्त्री कपको एकै खेलमा सर्वाधिक रन, सर्वाधिक छक्का र सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् ।
यस्तै यो खेलमा एपीएफले प्रधानमन्त्री कप इतिहासकै धेरै ३९० रन बनाएको छ । एपीएफले आसिफ शेखको दोहोरो शतक तथा कप्तान रोहित पौडेल र सन्दीप जोराको अर्धतकको मद्दतमा कीर्तिमानी योगफल बनाएको हो । मधेशका रूपेश सिंहले ३ विकेट लिए ।


