२०८२ चैत २७ शुक्रवार , ०४:५२:२५ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी र रामजी मन्त्री बन्दै

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्नेहुनेु भएको छ ।

दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गर्नु भएको थियो ।

मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आउनु भएको थियो ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित खबर