२०८२ चैत २७ शुक्रवार , ०१:२१:४८ बजे

Sajhamanch
'

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

शुक्रवार, चैत २७, २०८२

कृष्णनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उहाँले बताउनु भयो । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

सम्बन्धित खबर