२०८२ चैत २७ शुक्रवार , ०१:२९:०६ बजे

Sajhamanch
'

इन्भेन्चरले गर्यो पूर्व प्राथमिक तह सकेका नानीहरुलाई दीक्षान्त

शुक्रवार, चैत २७, २०८२

बिर्तामोड । विद्यार्थीहरुको आत्मबल वृद्धि र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बिर्तामोडस्थित इन्भेन्चर एजुुकेशन एकाडेमीले पूर्व प्राथमिक तह सकेका नानीहरुलाई दीक्षान्त गरेको छ ।

बिहीबार विद्यालयमा आयोजित संक्षिप्त तर एकदमै भव्य र सभ्य उतm कार्यक्रममा दीक्षान्त पोशाकमा सजिएका विद्यार्थीले शोभायमान बनाएको थियो ।

विद्यालयका संस्थापक प्रधानाध्यपक अमृत बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले विद्यार्थीहरुको आत्मवल वृद्धि र प्रोत्साहनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने धारणा राख्नु भएको थियो ।

दिक्षान्त कार्यक्रममा युकेजीका विद्यार्थीहरु निवाहाङ लिम्बू र प्रलक्स भेट्वालले वक्तृत्व प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकहरु स्माइरा सिटौला, चन्द्रप्रसाद चम्लागाईं र श्याम उप्रेतीले मन्तव्य राख्दै आफ्ना छोराछोरीको गुणस्तरीय शिक्षामा विद्यालयको योगदानप्रति आफूहरु सन्तुष्ट रहेको धारणा राख्नु भयो ।

उक्त कार्यक्रममा आमन्त्रित अभिभावकहरुलाई विद्यालयका सहायक प्रधानाध्यपक सानबहादुर बस्नेतले शाब्दिक स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खबर