२०८२ चैत २४ मङ्गलवार , ०५:११:५७ बजे

Sajhamanch
'

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’ का विषयमा उजुरी

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । नेकपा (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि भएका ‘साइबर बुलिङ’ का विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले ब्युरोमा लिखित उजुरी दिएका हुन् ।

सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत विशेषगरी ‘साइबर बुलिङ’, दुर्व्यवहार, अपमानजनक व्यवहार, घृणा र टिकाटिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको शिकार भएका उजुरीमा उल्लेख छ ।

त्यस्तो व्यवहारले उनीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको सांसदहरूको भनाइ छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न उनीहरूको माग छ ।

सम्बन्धित खबर