२०८२ चैत २४ मङ्गलवार , ११:५२:५० बजे

Sajhamanch
'

झापाको अर्जुनधाराबाट २२ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

मङ्गलवार, चैत २४, २०८२

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले भारी मात्रामा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, सोही स्थानकी ३० वर्षीया सृजना राई र अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई अर्जुनधारा–६ स्थित अधुवा खोला नजिकैबाट नियन्त्रणमा लिएको हो।

सो स्थानमा रहेको लखी मुर्मुको घरमा डेरा गरी बस्ने धनबहादुर राजवंशीको कोठामा लागूऔषध बिक्री भइरहेको जानकारी पाएपछि प्रहरीले दिउँसो १स्३० बजे छापा मारेको थियो।

तलासीका क्रममा प्रहरीले उनीहरूको साथबाट प्लाष्टिक बाहेक २२ ग्राम ब्राउन सुगर बरामद गरेको छ। झापा जिल्लाभर चैत १ गतेदेखि प्रहरीले लागूऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणका लागि “अपरेशन ब्राउन” अभियान सञ्चालन गरिरहेको छ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित खबर