
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले यही चैत १५ गते पाँच दिन म्याद थपको अनुमति दिएकोमा त्यो म्याद सकिएपछि दुई दिन म्याद थप गरेको हो । नवयुवा आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुनुहुन्थ्यो ।
आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा प्रहरीले गएको शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।


