२०८२ चैत १९ बिहिवार , ०४:४४:३२ बजे

Sajhamanch
'

संसद् बैठकमा एमालेको अवरोध

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले)ले अवरोध गरेको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गर्नुभयो । उहाँले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले बोल्न समय दिनुभयो ।

उहाँले अहिले बोलिरहनु भएको छ ।