
काठमाडौं । साफ यु–२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा हिजो भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।
जीतसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो । हिजो भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई ५–० गोलले हराएको छ ।
अब फाइनलमा भारत र बङ्गलादेश खेल्नेछन् । फाइनल खेल भोलि राति हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।


