२०८२ चैत १८ बुधवार , ०४:२४:५७ बजे

Sajhamanch
'

विश्वकप खेल्ने ४८ वटै टोलीको टुङ्गो लाग्यो, ४ पटकको विजेता इटाली फेरि असफल

बुधवार, चैत १८, २०८२

काठमाडौं । फिफा विश्वकप खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको हो । इराक विश्वकपका लागि छनोट हुने ४८औँ तथा अन्तिम टोली बनेको हो ।

मेक्सिकोमा भएको अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई २–१ गोलले हराउँदै इराक ४० वर्षपछि विश्वकपमा छनोट भएको हो । इराकका अली अल–हमादी र आयमेन हुसेनले गोल गरे । बोलिभियाका मोइसेस पानियागुआले गोल गरे ।

यसअघि इराक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा छनोट भएको थियो ।

यस्तै चार पटकको विजेता इटाली लगातार तेस्रो संस्करणको विश्वकपमा छनोट हुन असफल भएको छ । इटाली पेनाल्टी शुटआउटमा बोस्निया हर्जगोभिनासँग ४–१ गोलले पराजित भयो । यसैगरी चेक गणतन्त्र २० वर्षपछि, टर्की २४ वर्षपछि, कङ्गो ५२ वर्षपछि विश्वकपमा छनोट भएका छन् ।

२३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो । प्रतियोगितामा ४८ वटा टोली १२ वटा समूहमा बाँडिएका छन् ।

यस्तो छ टोली–

समूह ए : मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिका, चेक गणतन्त्र
समूह बी : क्यानडा, स्विट्जरल्यान्ड, कतार, बोस्निया हर्जगोभिना
समूह सी : ब्राजिल, मोरक्को, स्कटल्यान्ड, हैटी
समूह डी : अमेरिका, अस्ट्रेलिया, पाराग्वे, टर्किए
समूह ई : जर्मनी, कुराकाओ, कोटे डी’आइभर, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, ट्युनिसिया, स्वीडेन
समूह जी : बेल्जियम, इरान, इजिप्ट, न्युजिल्यान्ड
समूह एच : स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे
समूह आई : फ्रान्स, सेनेगल, नर्वे, इराक
समूह जे : अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया, जोर्डन
समूह के : पोर्चुगल, कोलम्बिया, उज्वेकिस्तान, कङ्गो
समूह एल : इङ्ग्ल्यान्ड, क्रोएशिया, पानामा, घाना

सम्बन्धित खबर