२०८२ चैत १८ बुधवार , ०२:२०:४९ बजे

Sajhamanch
'

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

बुधवार, चैत १८, २०८२

उदयपुर । उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान रोपिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उहाँको भनाइ छ । ‘खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु’, उहाँले भन्नुभयो ।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ ।

सम्बन्धित खबर