२०८२ चैत १८ बुधवार , १२:५२:०१ बजे

Sajhamanch
'

सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

बुधवार, चैत १८, २०८२

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो ।

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।

न्यायपरिषदले अघिल्लो महिना मल्लसहित ६ जना न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाएको थियो । मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा। मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश छ ।

संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीशले राष्ट्रपतिबाट नियुक्ति पाउँछन् । तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद् निष्कृय छ ।

अब प्रतिनिधिसभाले सभामुख, उपसभामुख चयन गरेर प्रमुख विपक्षी दलको नेता टुंगो लागेपछि मात्रै संवैधानिक परिषद्ले पूर्णता पाउँछ ।

सम्बन्धित खबर