२०८२ चैत १८ बुधवार , १२:२०:४७ बजे

Sajhamanch
'

मध्यपूर्व युद्धले पारेको प्रभाव अध्ययन गर्न कार्यदल गठन

बुधवार, चैत १८, २०८२

काठमाडौं । एक महिनादेखि मध्यपूर्वमा चलिरहेको युद्धका कारण परेको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो । कार्यदलले युद्धका कारण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्नेछ र आवश्यक नीति तथा रणनीति तयार गर्नेछ ।

त्यस्तै मध्यपूर्वको तनावले विकसित हुँदै गएको परिस्थितिका कारण वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावको मूल्यांकन तथा व्यवस्थापनको सुझाव पेस गर्नेछ । यसबारे कार्यदलले सात दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत कार्ययोजना सुझावसहित प्रतिवेदन पेस छ ।

त्यसपछि सरकारले प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउनेछ । अमेरिका र इजरायलले इरानमा संयुक्त रुपमा गएको फेब्रअरी २८ तारिखमा आक्रमण थालेका थिए । त्यसलगत्तै इरानले प्रतिआक्रमण थालेको थियो । त्यसको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा सुरक्षा जोखिम मुख्य छ ।

विश्वव्यापी रुपमा इन्धनको भाउ बढेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । गएको शुक्रबार मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र अन्य विभिन्न समिति, कार्यदल र अध्ययन टोली पनि गठन हुँदैछन् ।

सम्बन्धित खबर