२०८२ चैत १७ मङ्गलवार , १२:४१:३७ बजे

Sajhamanch
'

अझै केही दिन वर्षा र हिमपातको सम्भावना

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी र हिमाली भेगका धेरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

भोलि र पर्सि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही ठाउँहरू तथा बाँकी भू-भागका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।

भोलि पनि कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै ठाउँहरू तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै पर्सि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ ।

सम्बन्धित खबर