२०८२ चैत १७ मङ्गलवार , १२:४५:०६ बजे

Sajhamanch
'

प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गर्नु भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उहाँले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउनु भयो।

देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रहेर एकजुट रहेको भन्दै उहाँले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गर्नु भएको छ । अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उहाँले पार्टी महामन्त्री मात्र नभै इमानदार कार्यकर्ता भएर एकजुट हुन अपिल गर्नुभयो ।

‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उहाँले भन्नुभयो, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमानदार कार्यकर्ता भएर भन्दै छु– हामी सबै एकजुट होऔँ !’

महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताउनु भयो । ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ,’ उहाँले भन्नु भएको छ।

सम्बन्धित खबर