२०८२ चैत १७ मङ्गलवार , १२:२७:५१ बजे

Sajhamanch
'

चैते धानको समर्थन मूल्य सिफारिस

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको हो ।

धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति, बजार मूल्य, उत्पादनलागतको विश्लेषण गरिएको प्रतिवेदनमा मूल्य तोक्नका लागि सिफारिस गरिएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

विभागको टोलीले स्थलगत अध्ययन गरेपछि उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर वैज्ञानिक मूल्य प्रस्ताव प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

प्रस्तावका आधारमा प्रतिक्विन्टल मूल्य तोक्न सरोकारवालासँग छलफल भएको बताउँदै उहाँले प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । सरकारले गएको वर्ष चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको थियो ।

सम्बन्धित खबर