२०८२ चैत १७ मङ्गलवार , ११:३८:३७ बजे

Sajhamanch
'

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान रिजाललाई सुविधानगरमा रहेको निवासबाटै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।

रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मङ्गलवार, चैत १७, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर