२०८२ चैत १५ आइतवार , १०:३४:३१ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा लेबनानमा तीन पत्रकारको मृत्यु

आइतवार, चैत १५, २०८२

लेबनानमा भइरहेको इजरायली हवाई आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ । दक्षिणी लेबनानको जेज्जिन सहरमा उनीहरूको प्रेस लेखिएको गाडीलाई लक्षित गरी यो आक्रमण भएको जनाइएको छ ।मारिएका पत्रकारहरूमा एकजना अली शोएब हिजबुल्लाहद्वारा सञ्चालित अल–मनार टीभीका रिपोर्टर हुन् । फातिमा र मोहम्मद फेतौनी अल–मायादिन न्युज नेटवर्कका रिपोर्टरहरू रहेको बीबीसीले जनाएको छ ।

इजरायलले अली शोएबलाई मारेको पुष्टि गरेको छ । उनलाई पत्रकारको भेषमा काम गर्ने ‘हिजबुल्लाह कार्यकर्ता’ भएको आरोप लगाएको छ ।लेबनानी राष्ट्रपति जोसेफ आउनले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र स्पष्ट अपराध भन्दै कडा निन्दा गरेका छन् । युद्धको समयमा पत्रकारहरूलाई सुरक्षा दिनुपर्ने अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको उनको ठहर छ ।

गत हप्ता अल–मनार टीभीका प्रख्यात प्रस्तोता मोहम्मद शेरी र उनकी श्रीमतीको पनि लक्षित आक्रमणमा मृत्यु भएको थियो ।हालसम्म लेबनानमा इजरायली आक्रमणबाट एक हजार एकसयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ, जसमा १२० बालबालिका, ४२ स्वास्थ्यकर्मी सामेल छन् ।एजेन्सी

सम्बन्धित खबर