२०८२ चैत ११ बुधवार , ०३:३२:५९ बजे

Sajhamanch
'

इटहरीको पूर्वाञ्चल क्याफेमा भिषण आगलागी, भरखरै नियन्त्रणमा लिइयो

बुधवार, चैत ११, २०८२

इटहरी। सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।

धरान रोडमा रहेको क्याफेको भान्साबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको छ ।

क्याफेको भान्साबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयबासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकल गत भदौ २३ र २४ को राष्ट्रिय विध्वंशका क्रममा जलाइएका कारण प्रयोगमा छैनन् ।

सम्बन्धित खबर