
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप हुने भएको छ ।
शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा मैदानमा आगामी चैत्र १६ गतेदेखि २२ गतेसम्म पाँच विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल सञ्चालन हुने छन् ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७५ हजार, द्वितीयले ४५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन ।
त्यस्तै भलिबलतर्फ प्रथमले ४० हजार र द्वितीयले २५ हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र द्वितीयले ३१ हजार र
भलिबल खेल तर्फ विजेताले ४० हजार उपविजेताले २५ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।
मेयर कपमा व्याडमिन्ट सिंगल र डबल र कराँते विधाका समेत खेलहरु समावेश हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ ।
प्रतियोगिताका सबै खेलकहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । क्रिकेट खेल शिवसताक्षी ६ जन आदर्श माविको खेल मैदानमा, कराँते झिलझिलेमा सञ्चालन हुने आयोजकले जनाएको छ ।


