२०८२ चैत १० मङ्गलवार , १२:१५:३८ बजे

Sajhamanch
'

नयाँ सरकार गठनको गृहकार्यमा रास्वपा, संसदीय दल नेता चयनका लागि पर्सि बैठक

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

सांसदहरुले शपथ लिएको भोलिपल्ट अर्थात आउँदो १३ गते शुक्रबार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिने यसअघि नै तय भइसकेको छ । त्यही दिन अरु केही मन्त्रीको पनि शपथ गराउने तयारीमा रास्वपाका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

मन्त्रीहरुको सूची बनाउन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह निरन्तर छलफलमा जुटेका नेताहरुले बताएका छन् । रास्वपाले मन्त्रालयको संख्या पनि घटाउने तयारी गरेको छ ।

यसैबीच रास्वपाले संसदीय दलको नेताको सम्बन्धमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पर्सि १२ गते दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्दैछ । शाहलाई नै प्रधानमन्त्री बनाउनेबारे रास्वपाले यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर