२०८२ चैत १० मङ्गलवार , १२:१४:०४ बजे

Sajhamanch
'

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको छ ।

लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसअघि हिजो, अस्ति र शनिवार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा थियो । डलरको भाउ उच्च विन्दुमा पुग्दा नेपाली अर्थतन्त्रमा यसको बहुआयामिक प्रभाव पर्ने देखिन्छ । डलरको भाउ बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ तर वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा घाटा हुन्छ ।

यस्तै, आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

सम्बन्धित खबर