२०८२ चैत ९ सोमवार , १२:००:१३ बजे

Sajhamanch
'

पाकिस्तान सुपर लिग खाली रङ्गशालामा खेलाइने

सोमवार, चैत ९, २०८२

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण खाली रङ्गशालामा दर्शकविना आयोजना हुने भएको छ । यस्तै पीएसएल २०२६ का खेलहरू कराँची र लाहोरमा गरी दुई वटा शहरमा मात्र हुने भएको छ ।

यसअघि ६ वटा शहरमा आयोजना हुने तय भएको थियो । मध्यपूर्वमा तनाव चलिरहेकाले सुरक्षा र इन्धन सङ्कटका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यो निर्णय गरेको हो । यस्तै लाहोरमा हुने उद्घाटन समारोह पनि रद्द भएको छ । पीसीबीका अध्यक्ष मोहसिन नकवीले

अहिलेको परिस्थितिमा दर्शकहरूलाई रङ्गशालामा बोलाउनु उचित नहुने बताउनुभएको छ । यस्तै पीसीबीले टिकट किनेका दर्शकहरूलाई पैसा फिर्ता गर्ने र फ्रेन्चाइज टोलीहरूलाई हुने नोक्सानीको क्षतिपूर्ति दिने जनाएको छ । पीएसएलको तालिकामा भने परिवर्तन भएको छैन । प्रतियोगिता आउँदो बिहीवार मार्च २६ देखि मे ३ सम्म हुनेछ ।

प्रतियोगितामा पहिलो पटक आठ वटा टोली सहभागी हुँदैछन् । पीएसएलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इस्लामाबाद युनाइटेडले अनुबन्ध गरेको छ ।

सम्बन्धित खबर