२०८२ चैत ८ आइतवार , ०२:३१:२२ बजे

Sajhamanch
'

शिवसताक्षीमा दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३९ जना लाभान्वित

आइतवार, चैत ८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत नगरका विभिन्न वडाका गरी कुल ३३९ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।

नगरपालिकाका अनुसार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट २०५ जना र वडा नं. ११ मा रहेको सतासीधाम स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट १३४ जनाले सेवा लिएका हुन्।

शिविरमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नाक–कान–घाँटी रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञद्वारा परीक्षण सेवा प्रदान गरिएको थियो। साथै, इसीजी सेवा, आवश्यक प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणसमेत गरिएको नगरपालिकाले जनाएको छ।

शिविर सञ्चालनमा भद्रपुरस्थित ओम शाही पाथिभरा अस्पतालका डाक्टरसहित १८ जना प्राविधिक टोलीले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।

ललितपुरस्थित सहयोगी समूहको समन्वयमा सम्पन्न उक्त शिविरले स्थानीय बासिन्दालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुगेको नगरपालिकाको भनाइ छ। यस्ता शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर