२०८२ चैत ६ शुक्रवार , ०४:३८:४४ बजे

Sajhamanch
'

आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’ भोलि हुँदै

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’ भोलि हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि प्रतियोगिता हुन लागेको हो ।

‘टेबल टेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताउनुभयो ।

हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने छ । प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेश्रो हुने खलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर