२०८२ चैत ६ शुक्रवार , ०३:२४:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजा अर्चना

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नु भएको छन्।

अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक पुगेकी कार्की शुक्रबार जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नु भएको हो।

जनकपुरधाम विमान स्थलबाट उनी जानकी मन्दिर पुगेकी थिइन्। सँगै उहाँले मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गर्नुभयो। पूजा पश्चात उहाँले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको प्रतिक्रिया दिनु भएको थियो।

उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनु भयो।

जनकपुरधामबाट उहाँ महोत्तरी जाने कार्यक्रम रहेको छ। उहाँले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्नु हुने छ।

फागुन २१ गते निर्वाचन सम्पन्न गरेपछि बिदाई हुनुअघि उहाँ देश दौडाहमा रहनु भएको छ। बिहीबार रारा तालको अवलोकन गरि फर्किएकी थिइन्।

सम्बन्धित खबर