२०८२ चैत ६ शुक्रवार , १२:००:२८ बजे

Sajhamanch
'

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ।

संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो।

शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ। सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ।

साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची -३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अगावै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन पनि सचिवालयले अनुरोध गरेको छ।

सांसदहरूको शपथपछि भोलिपल्ट प्रधानमन्त्रीले शपथ लिनेछन्।

649607230_1302737441715307_6896079985291444501_n-1773970614.jpg

सम्बन्धित खबर