२०८२ चैत ६ शुक्रवार , १२:००:३६ बजे

Sajhamanch
'

एन्फा महिला लिग पनि अनिश्चितकालका लागि स्थगित

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल पनि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै महिला लिग स्थगित गरेको हो ।

लिगमा सहभागी ९ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा महिला लिग गएको बुधवारदेखि शुरू भएको थियो ।

यसअघि एन्फाले राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।

सम्बन्धित खबर