२०८२ चैत ५ बिहिवार , ०६:१६:२८ बजे

Sajhamanch
'

रामेछापको पेकरनासमा फैलिएको डढेलोले बस्ती जोखिममा

बिहिवार, चैत ५, २०८२

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ पेकरनासको भीरमा गएराति १० बजेदेखि लागेको डढेलो अझै निभ्न सकेको छैन ।

स्थानीय पत्रकार विष्णु खड्काकाअनुसार पेकरनासको केदारे भन्ने ठाउँबाट शुरू भएको आगो तीव्र रूपमा फैलिँदै गएको छ । भीरमा सुकेको खर धेरै रहेकाले आगो तीव्र रूपमा फैलिरहेको हो ।

डढेलोका कारण माथिल्लो क्षेत्रका केही घरहरू जोखिममा परेका छन् । आगो कसले र किन लगायो भन्नेबारे कुनै स्पष्ट जानकारी प्राप्त नभएको पनि खड्काले बताउनुभयो ।

डढेलोका कारण घाँससहित जडीबुटी, वनस्पति तथा जङ्गली जनावरमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । स्थानीयवासी, सुरक्षाकर्मीलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् ।

सम्बन्धित खबर