
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ ।
१२औँ महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष डा। हेमराज शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार सङ्घका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ सङ्कलन गर्ने र त्यो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिनेछ ।
साथै सङ्घका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
अहिले सङ्घमा झन्डै १ लाख ३० हजार सदस्य छन् । प्रत्येक सदस्यबाट कम्तीमा १ डलरङ्संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।


