२०८२ चैत ६ शुक्रवार , ०३:१८:०१ बजे

Sajhamanch
'

आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

बुधवार, चैत ४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताउनु भएको छ ।

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताउनु भएको हो ।

निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उहाँले जानकारी दिनुभयो । आफूले पनि अब विश्राम लिने बेला भएको उहाँले बताउनु भयो ।

अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर