२०८२ चैत ४ बुधवार , १२:०९:५२ बजे

Sajhamanch
'

एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क

बुधवार, चैत ४, २०८२

काठमाडौं । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाललाई तीन अङ्क दिएको छ । एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल सङ्घलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो ।

एएफसी एसियन कप सन् २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामसँगको खेलमा मलेसियाले नियम उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । अब दुवै खेलमा नेपाल र भियतनामले ३–० को प्राविधिक जीत पाउने भएका छन् ।

यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले हराएको थियो । तर नयाँ निर्णयसँगै समूहको समीकरण नै फेरिएको छ । यो निर्णयपछि नेपाल राष्ट्रिय फुटबल टोलीले पाँच खेलबाट पहिलो जीतसहित तीन अङ्क जोडेको छ ।

समूह एफमा नेपालको अङ्कतालिकामा सुधार आएको छ । यस्तै, इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरेको छ ।

सम्बन्धित खबर