२०८२ चैत ३ मङ्गलवार , ०३:४०:४५ बजे

Sajhamanch
'

धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध

मङ्गलवार, चैत ३, २०८२

धनकुटा । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँबराबरको क्षति पुगेको छ । हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो ।

हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो । सडकमा रुख ढलेपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले रुख तथा अवरोध हटाएपछि मंगलबार बिहानदेखि सडक पुनः सञ्चालनमा आएको छ ।

हावाहुरीका कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका भवनहरूमा पनि क्षति पुगेको छ । लोक सेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय धनकुटा तथा निजामती विद्यालयलगायतका भवनमा क्षति पुगेको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल उद्धार तथा व्यवस्थापनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको छ । विवरण संकलन सम्पन्न भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गरिने उहाँले बताउनु भयो ।

सम्बन्धित खबर