२०८२ चैत १ आइतवार , ०१:४७:१२ बजे

Sajhamanch
'

विश्वकप प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने

आइतवार, चैत १, २०८२

काठमाडौं । फिफा विश्वकपको प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नोल्डले खेल स्थगित गर्न आह्वान गर्नुभएको छ । तर इराकी फुटबल सङ्घका अध्यक्ष अदनान दिरजालले विश्वकप प्लेअफका लागि आफ्नो टोली निजी विमानमार्फत मेक्सिको जाने बताउनुभएको हो ।

इराकले विश्वकप प्लेअफमा यही मार्च ३१ मा बोलिभिया वा सुरिनामसँग खेल्ने तालिका छ । अन्तरमहादेशीय प्लेअफको विजेताले विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछ ।

४८ वटा टोली सहभागी विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।

गएको फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएपछि मध्य पूर्वमा हवाई क्षेत्र बन्द भएको छ ।

सम्बन्धित खबर