२०८२ फागुन ३० शनिवार , १०:५८:०३ बजे

Sajhamanch
'

एमालेबाट समानुपातिकमा को को परे

शनिवार, फागुन ३०, २०८२

झापा । नेकपा (एमाले)बाट समानुपातिक सांसद बन्नेहरुको नाम पार्टी सचिवालय बैठकले टुंगोमा पुर्याएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसदहरूको नामावली टुंगो लगाएको हो ।

पार्टीले समावेशी सिद्धान्त अनुसार विभिन्न समूहबाट सांसद चयन गरेको जनाइएको छ। प्राप्त विवरण अनुसार जनजातिमा दुई महिला र दुई पुरुष गरी ४ जनाको नाम टुंगोमा पुर्याएको हो । जसअनुसार महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर (बादल) र कुलभक्त शाक्य परेका छन् ।

यसैगरी, खस आर्य समूहमा ३ जना महिला पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र) तथा पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कंडेललाई चयन गरिएको छ ।

थारु क्लष्टरबाट १ जना पुरुष कृपाराम राणा तथा दलित क्लष्टरबाट २ जना महिला विष्णुमाया वि.क. र नीता घतानी चयन भएका छन् । यसैगरी, मधेसी क्लष्टरबाट ३ जना महिला रिङ्ला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम टुंगोमा पुगेको छ ।

यस्तै, मुस्लिम क्लष्टरबाट महिलामा साजिदा सिद्दीकीलाई चयन गरिएको जनाइएको छ । सचिवालय बैठकबाट झापाकी नीता घतानीलाई चयन गरिएको कुराले स्थानीय पार्टी कार्यकर्ताहरु खुसी देखिएका छन् ।

सम्बन्धित खबर