२०८२ फागुन २९ शुक्रवार , ०४:४२:२२ बजे

Sajhamanch
'

कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताउनु भयो।

उहाँका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन।

उहाँले भन्नुभयो, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।’

अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताउनु भयो। प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ।

सम्बन्धित खबर