२०८२ फागुन २८ बिहिवार , ०६:१४:०० बजे

Sajhamanch
'

स्वास्थ्य बीमामा सुधार ल्याउन स्वदेशी उद्योगबाट एकमुष्ट रूपमा औषधि किन्ने सरकारको तयारी

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट अर्थात् बल्कमा औषधि किन्ने नीति ल्याउने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन यस्तो नीति ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले जानकारी दिनुभयो ।

काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार नेपालमा सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको छ भने कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपरेको बताएका छन् ।

सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको मार्केटिङ र कमिसन खर्च जोगिने हुँदा औषधिको मूल्य सस्तो पर्छ । यसरी खरिद गरेको औषधिको गुणस्तर सरकारी प्रयोगशालाले प्रमाणित गरेपछि बीमा कार्यक्रममार्फत नागरिकलाई सस्तो र सुलभ रूपमा वितरण गरिने मन्त्री गौतमले स्पष्ट पार्नुभयो ।

यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उनीहरु पनि सकारात्मक रहेका मन्त्री गौतमले बताउनुभयो ।

बिहिवार, फागुन २८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर