२०८२ फागुन २८ बिहिवार , ०४:१२:२० बजे

Sajhamanch
'

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिहिवार, फागुन २८, २०८२

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताउनु भयो ।

उहाँका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जनाको परिचय खुल्न बाँकी छ ।

बिहिवार, फागुन २८, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर