२०८२ फागुन २८ बिहिवार , १२:२६:४८ बजे

Sajhamanch
'

आज विश्व मिर्गौला दिवस

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो ।

मिर्गौला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ । यो दिवसले मिर्गौला स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ्य जीवनशैली अपनाउन जोड दिन्छ ।

नेपालमा झन्डै ३० लाखभन्दा धेरै मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान छ भने वर्षेनि ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । मिर्गौला बिग्रिन सक्ने विभिन्न कारणहरू भएकाले यसको विशेष हेरचाह र सचेतना आवश्यक छ ।

मिर्गौला रोगका लक्षणहरू नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने डाक्टरहरूको सुझाव छ । मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउन तथा मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्न डाक्टरहरूको सल्लाह छ ।