२०८२ फागुन २७ बुधवार , ०५:०४:०७ बजे

Sajhamanch
'

साफ यू-२० च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

बुधवार, फागुन २७, २०८२

काठमाडौं । नेपालले साफ २० वर्षमुनिको च्याम्पियनशिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्च अर्थात् चैत ९ गते भूटानसँग खेल्दै प्रतियोगिता शुरूआत गर्नेछ ।

माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुनेछ । नेपाल गएको संस्करणको उपविजेता टोली हो । सन् २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनल खेलमा ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र भूटान पनि छन् । नेपालले दोस्रो खेल चैत ११ गते श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १३ गते आयोजक माल्दिभ्ससँग खेल्नेछ । समूह ‘बी’ मा बङ्गलादेश, भारत र पाकिस्तान छन् ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल यही चैत २० गते हुनेछ ।

सम्बन्धित खबर