२०८२ फागुन २६ मङ्गलवार , १२:१७:०३ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि, जय ट्रफीको फाइनल चैत ३ देखि ५ गतेसम्म

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरू हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ल सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता काठमाण्डौको त्रिवि मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट आउँदो वैशाख ४ गतेसम्म चल्नेछ ।

यसैबीच जय ट्रफी क्रिकेटको फाइनल खेल आउँदो चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने भएको छ । प्रतिनिधिसभा सदस्य चुनाव र आईसीसी विश्वकप क्रिकेट ‘लिग–टू’ का कारण जय ट्रफीको फाइनल यसअघि चैत २१ देखि २३ गतेसम्म तय भएको थियो ।

सम्बन्धित खबर