
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।
साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।


