२०८२ फागुन २४ आइतवार , ०३:००:१५ बजे

Sajhamanch
'

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम झन्डै २२ हजार मतान्तरले विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम २१ हजार ९९५ मतान्तरसहित विजय हुनुभएको छ ।

गौतमले ३६ हजार ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १४ हजार ३८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा (एमाले) का रामेश्वर रानाले १२ हजार ७८३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबर