२०८२ फागुन २४ आइतवार , ०२:३३:५६ बजे

Sajhamanch
'

नवयुवा आन्दोलन : जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

आइतवार, फागुन २४, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

नवयुवा आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले केहीबेरअघि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित आयोगलाई मन्त्रिपरिषद्ले शुरूमा तीन महिना समय दिएको थियो । त्यसपछि आयोगको समय पहिलो पटक एक महिना, दोस्रो पटक २० दिन र तेस्रो पटक २५ दिन म्याद थप भएको थियो ।

पछिल्लो पटक थपिएको म्याद सकिने एक दिनअघि आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

सम्बन्धित खबर