२०८२ फागुन २४ आइतवार , ०१:०६:३० बजे

Sajhamanch
'

कैलाली–४ मा रास्वपाका खेमराज कोइराला विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

गएको बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताउनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले ९ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १ हजार ३५८ मत प्राप्त गर्नुभयो ।

१ लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो । त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत ३ हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर