२०८२ फागुन २३ शनिवार , ०९:०७:४१ बजे

Sajhamanch
'

झापा- ५ मा रास्वपाका बालेन शाह निर्वाचित

शनिवार, फागुन २३, २०८२

दमक। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेनले ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको अन्तरले पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे ।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा ५ बाट रास्वपाका बालेन्द्र शाह ठूलो मतान्तरसहित विजयी भएका हुन् ।

यसैबीच, झापा ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेनले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खबर