२०८२ फागुन २३ शनिवार , ०९:०४:४० बजे

Sajhamanch
'

झापा–३ मा रास्वपाका प्रकाश पाठक विजयी

शनिवार, फागुन २३, २०८२

भद्रपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत पाए ।

त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत ल्याएका छन् ।

क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो ।

यस अघि दुई पटकको निर्वाचनमा नेकपा एमालेको समर्थन पाएर राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले विजय हात पारेका थिए । तर मतगणना चलिरहेको निर्वाचनमा सबै दलहरुले आफ्नो आफ्नो क्षमता परीक्षण गरिरहँदा र देशभर रास्वपाको लहर चलिरहँदा विगत लामो समयदेखि राज्यसत्ताको बागडोर सम्हालेका दलहरु पराजित भइरहेका हुन् ।

२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी भएका थिए । उनले त्यसबेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र रास्वपाका पाठकलाई पराजित गरेका थिए ।

सम्बन्धित खबर